|Loading...
share-gyan
  • News
  • Analysis
  • Technical
    ShareGyan Logo

    Powering Nepal's Investors with knowledge

    Quick Links

    • Home
    • Partners
    • Privacy Policy
    • Collaboration Request

    Contact us

    Pulchowk, Lalitpur
    info@peridot.com.np
    9851046764,9801462662

    Follow us

    FacebookInstagramTikTokYouTube
    © 2026 Share Gyan Nepal. All Rights Reserved.
    1. Home
    2. /
    3. News
    4. /
    5. आज नयाँ बजेट आउँदै, अस्तव्यस्त आर्थिक अवस्थाकाबीच जनताको उच्च अपेक्षालाई कसरी सम्वोधन गरिएला ?
    Published May 28, 2026
    Updated May 29, 2026By Share Gyan

    आज नयाँ बजेट आउँदै, अस्तव्यस्त आर्थिक अवस्थाकाबीच जनताको उच्च अपेक्षालाई कसरी सम्वोधन गरिएला ?

    आज नयाँ बजेट आउँदै, अस्तव्यस्त आर्थिक अवस्थाकाबीच जनताको उच्च अपेक्षालाई कसरी सम्वोधन गरिएला ?

    नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्ने भएको छ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा दिउँसो ४ बजे बजेट पेश गर्ने कार्यक्रम रहेको छ । नेपालको संविधान २०७२ मा प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने उल्लेख छ । त्यहीअनुसार आज बजेट सार्वजनिक गर्न लागिएको हो । चालु आर्थिक वर्षमा देखिएको आर्थिक शिथिलता, पुँजीगत (विकास) खर्चको कमजोर अवस्था र निजी क्षेत्रको खस्किएको मनोबललाई उकास्ने चुनौतीका बीच बजेट कस्तो आउला ? र, समग्र अर्थतन्त्रको दिशा कता लैजाला भन्ने मानिसहरुको चासो रहेको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा (सिलिङ) निर्धारण गरेको छ । विगतका वर्षहरूमा जस्तो धेरै ठूलो र लोकप्रिय तर कार्यान्वयन हुन नसक्ने बजेट ल्याउने प्रवृत्तिलाई निरुत्साहित गर्दै यस पटक अलि यथार्थपरक र स्रोतको उपलब्धता (राजस्व र आन्तरिक र बाह्य ऋण) मा आधारित भएर सीमा तोकिएको बताइएको छ । बजेट त्यही आसपासमा आउने अर्थमन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । अर्थमन्त्री वाग्लेले लगानीमैत्री वातावरण निर्माण, ठूला आयोजनाहरु निर्माण गर्दा भोग्नु पर्ने जग्गा प्राप्तिको समस्या र कर प्रणालीका झन्झटहरू हटाउने तथा एकद्वार सेवा प्रणालीलाई प्रभावकारी बनाउने सरकारको मुख्य रणनीति छ। उत्पादनशील क्षेत्र र औद्योगिक पूर्वाधारः आयात प्रतिस्थापन गर्न र स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि औद्योगिक पूर्वाधारहरूमा लगानी बढाउने नीति लिइने अपेक्षा गरिएको छ । साथै नयाँ नयाँ आयोजनाहरू थपेर बजेट छर्ने तर काम पुरा नहुने बेथिति रोक्न, यस पटक पुराना र अधुरा आयोजनाहरूलाई बजेट विनियोजन गरेर चाँडो सम्पन्न गर्ने रणनीति सरकारले बनाएको अर्थमन्त्रालय स्रोतको दावी छ । फजुल खर्च नियन्त्रण गर्न सरकारले यसअघि नै करिब ३९ वटा अनावश्यक संरचना (समिति र बोर्ड) र ३०० भन्दा बढी दरबन्दी खारेज गर्ने निर्णय गरिसकेको छ। बजेटमार्फत वित्तीय अनुशासनलाई थप कडा बनाइने बताइएको छ।

    Most Recent

    Aug 13, 2026
    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over

    Share Gyan

    Banking Sector Recovery Begins? ICRA Says Nepal’s Toughest Phase May Be Over
    Aug 13, 2026
    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul

    Share Gyan

    Task Force Calls for Leadership Shift and Major Organizational Overhaul
    Aug 13, 2026
    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba

    Share Gyan

    NEPSE Climbs 8.81 Points, Turnover Reaches Rs. 3.72 Arba
    Aug 13, 2026
    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL

    Share Gyan

    Sarbottam Paints Makes NEPSE Debut at Rs. 300, Trading Under SAPIL
    Aug 13, 2026
    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions

    Share Gyan

    Gold Dips, Silver Gains! Precious Metal Prices Move in Opposite Directions
    Aug 13, 2026
    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings

    Share Gyan

    Government Moves to Cut Middlemen and Raise Farmers’ Earnings