Published May 2, 2026
By Share Gyan

रास्वपाको सचिवालय बैठक बस्दै, उम्मेदवार छनोटदेखि विधान संशोधनसम्म छलफल हुने

रास्वपाको सचिवालय बैठक बस्दै, उम्मेदवार छनोटदेखि विधान संशोधनसम्म छलफल हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तय गर्ने विषय प्रमुख एजेन्डा रहनेछ। यसैगरी, महाधिवेशन कार्यविधि २०८३, संसदीय दलको विधान संशोधन तथा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने जनाइएको छ।